दक्षिण एसियामै पहिलो पटक सहकारी संस्थाले आफ्नै नाममा को -ब्राण्ड डेबिट कार्ड जारी गर्न मिल्ने l
दक्षिण एसिया मै पहिलो पटक सहकारी मार्फत को ब्रान्डेड भिसा डेबिट कार्ड को आज एक कार्यक्रम का बीच होटल अकमा धुम्बाराही मा उद्घाटन समारोह सम्पन्न गरियो l सनराइज बैंकका डाइरेक्टर इन्जीनियर बछराज तातेर ज्युको अध्यक्षता तथा प्रमुख अतिथि रास्ट्रिय सहकारी महासंघका अध्यक्ष आदरणीय मिनराज कंडेल ज्युको प्रमुख आतिथ्यमा संचालित कार्यक्रममा विशेष अतिथि बागमती प्रदेश सहकारी संघ को अध्यक्ष रामशरण शर्मा घिमिरेज्यु, लुम्बिनी प्रदेश सहकारी संघ को अध्यक्ष प्रेम सुबेदीज्यु ,सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत सुमन शर्माज्यु, आइमार्कका प्रमुख कार्यकारी अधिकृत सन्तोष काफ्लेज्यु र पायनियर एसोसिएटका प्रबन्ध निर्देशक आदरणीय पायनियर खड्काज्यु लगायत का अन्य उच्च पदस्त ब्यक्तित्ब हरुको उपस्थिति रहेको थियो l
पायोनियर एसोसिएट(कोसिस सहकारी सफ्टवेयर),सनराइज बैंक ,आइमार्क र नेपाल इलेक्ट्रिक पेमेन्ट सिस्टम (नेप्स) सँगको सहकार्यमा सहकारी संस्था हरुको लागि भिसा को -ब्राण्ड डेबिट कार्ड (Visa co-brand Debit card) संचालनमा ल्याएका छौ l भिसा ब्राण्डअन्तर्गत सहकारी संस्थाका सदस्यहरुलाई डेबिट कार्ड जारी गर्ने यो परियोजना दक्षिण एसियामै पहिलो अभ्यास भएको भिसाले जानकारी गराएको छ। पहिलो चरणमा पाँचवटा सहकारी संस्थाहरुमा यो सेवा सुरु गरिएको छ। यस चालु आव भित्र न्यूनतम २५ वटा सहकारी संस्थाहरुमा सेवा विस्तार गर्ने लक्ष्य राखिएको छ l सहकारी संस्थाहरुलाई जारी गरिने डेबिट कार्डको सुरक्षा तथा प्रयोगको हकमा हाल जारी भइरहेका कमर्सियल बैंक सरह सुरक्षित रहने सनराइज बैंकले जनाएको छ। सहकारी संस्थाहरुले जारी गर्ने यस कार्ड नेपाल सहित भारत र भुटानमा पनि प्रयोग गर्ने मिल्ने छ l यस कार्ड सनराइज बैंकको एटिएममा प्रयोग गर्दा कुनै पनि शुल्क लाग्ने छैन भने अन्य बैंक को हकमा नेपाल राष्ट्र बैंकको नीति अनुसार महिनाको दुइ ओटा कारोवार निशुल्क हुनेछ l
भिसा डेबिट कार्ड जारी गर्न इच्छुक सहकारी संस्थाहरुले सोझै पायोनियर एसोसिएट (कोसिस सहकारी सफ्टवेयर) वा सनराइज बैंक मा सम्पर्क गर्न सक्नेछन् l राष्ट्र बैंकले चालु आवमा जारी गरेको मौद्रिक नीतिले पनि सहकारीका ग्राहकहरुलाई विद्युतीय भुक्तानी सेवा पुर्याउन प्रोत्साहन गर्ने योजना अघि सारेको छ। यो प्रणालीको विकासले बैंकिङ क्षेत्रभन्दा बाहिर रहेको बहुसंख्यक जनसंख्या लाभान्वित हुने र वित्तीय समावेशीतामा योगदान पुग्ने छ। यस परियोजनालाई सफल बनाउन नेतृत्व प्रदान गर्ने कोसिस परिवार , सनराइज बैंक परिवार ,आइमार्क परिवार, नेपाल इलेक्ट्रिक पेमेन्ट सिस्टम (नेप्स) परिवार एवंम् कोसिस सफ्टवेयर माथि धैर्यता र बिस्वास राखेर अगाडी बढ्न हौसला दिनुहुने सम्बन्धित सहकारी सस्था तथा सहकारी कर्मीहरुमा धन्यवाद ज्ञापन गर्न चाहन्छौं l